onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कुशल र सुनिलको अर्धशतकमा पुलिसले दियो कर्णालीलाई विशाल चुनौती

सुनसरी ( अनलाइन खेलखबर ) | सुनिल धमला र कुशल भुर्तेलको अर्धशतकीय ब्याटिङको सहयोगमा विभागीय टोली नेपाल पुलिस क्लबले इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) मा कर्णाली प्रदेशसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

स्थानीय इनरुवा क्रिकेट मैदानमा अहिले जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विभागीय टोली नेपाल पुलिस ४९.३ ओभरमा अलआउट हुँदै ३ सय ४६ रन बनाएको छ ।

खेलमा राम्रो सुरुवात गरेको पुलिसका लागि ओपनर ब्याट्सम्यान सुनिल धमला र अमित श्रेष्ठले ठोस सुरुवात दिलाउने क्रममा राम्रो पारी खेले ।

यी दुईबीच ६९ रनको ओपनिङ साझेदारी हुन पुगेको थियो । १०.६ ओभरमा पहिलो विकेटको रुपमा आउट हुन पुगेका अमित श्रेष्ठले २९ रनको योगदान गरे ।

अमित पछि सुनिललाई दीपेन्द्र सिँह एरिले साथ दिएका थिए । तर उनि २५ रन बनाएर दोस्रो विकेटका रुपमा आउट हुन पुगे ।

राज कुमार साहको बलमा आउट हुन पुगेका दीपेन्द्रले १९ बलको सामना गर्दै ३ चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाए ।

त्यसपछि भने अनिल कुमार साह ३६ रन बनाएर आउट हुन पुग्दा खेलमा अर्धशतकीय पारी खेलेका सुनिल धमलाले ७० रनको योगदान टिमलाई दिए ।

चौथो विकेटका रुपमा युनिस विक्रम सिँहको बलमा आउट हुन पुगेका सुनिलले ९५ बलको सामना गर्दै ६ चौका र १ छ्क्काको मद्द्तमा उक्त रन बनाएका थिए ।

सुनिल पछि पुलिसका दिलिप नाथ र पवन सरार्फले समान १५/१५ रन थपे ।

यस्तै टिमको पारीलाई उकास्न कुशल भुर्तेलले अर्धशतकिय पारी खेल्ने क्रममा ७८ रनको योगदान गरे । ईनिङको सर्वाधिक धेरै रन बनाएका उनले ४९ बलमा ७ चौका र ५ छ्क्काको मद्धतमा उक्त रन बनाए ।

अन्त्यतिर ललित भण्डारीले पनि २७ रन थपे ।

बलिङतर्फ कर्णालीका कप्तान रबिन्द्र जंग शाहीले ३ विकेट लिदा युनिस बिक्रम सिँह र राजकुमार साहले समान २/२ विकेट लिए भने ललित प्याकुरेलको नाममा पनि १ विकेट लिए ।

अब पुलिसले दिएको ३ सय४७ रनको विशाल लक्ष्यलाई पछ्याउँदै कर्णालीले अबको केहि समय पछि जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी र प्रदेश ३ प्रवेश गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस्