सुशन बने एमएमसीसीविरुद्द भारी : आर्मीले  पायो निकै झिनो लक्ष्य

सुशन बने एमएमसीसीविरुद्द भारी : आर्मीले पायो निकै झिनो लक्ष्य

इनरुवा ( अनलाइन खेलखबर ) | सुशन भारीले ह्याट्रिकसहित ७ विकेट एक्कै लिएपछि सुनसरी जिल्लास्थित इनरुवामा जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मीले ५७ रनको विजयी चुनौति प्राप्त गरेको छ ।

इनरुवा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आयोजक एमएमसीसी इनरुवाले निकै खराब प्रदर्शन गर्ने क्रममा १९.३ ओभरमा अलआउट हुँदै ५६ रनमा सिमित हुन पुगेको छ ।

इनरुवाका लागि सुशान्त तिमल्सिनाले १५ रन तथा सोनु मण्डलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन नसक्दा टिम निकै झिनो स्कोरमा रोकिन बाध्य भयो ।

एमएमसीसीको ब्याटिङ ध्वस्त पार्ने क्रममा आर्मीका सुशन भारी एक्कैले ह्याट्रिकसहित ७ विकेट लिन सफल भएका थिए ।
८.३ ओभर बलिङ गरेका सुशनले ३ ओभर मेडन राखेर मात्र १६ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यस्तै हरि बहादुर चौहानले पनि ५ ओभर बलिङ गर्दै २८ रन खर्चिएर २ विकेट लिदा शाहव आलमले पनि २ ओभर मेडन राख्दै १ विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *