onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफका सन्दीप जोरालाई एक खेलमा प्रतिबन्ध

इनरुवा (अनलाइन खेलखबर ) । नेपाली राष्ट्रिय टिमका युवा खेलाडी सन्दीप जोरालाई एक खेलमा प्रतिबन्ध लगाईएको छ ।

सुनसरी जिल्लास्थित इनरुवामा अहिले जारी दोस्रो संस्करणको मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) का दौरान एपीएफमा रहेका सन्दीपले सोमबार भएको आयोजक टोली एमएमसीसीविरुद्दको खेलका क्रममा एलबी डब्लू निर्णयप्रति असन्तुष्टि जनाएपछि एक खेलमा प्रतिबन्ध लागेको हो ।

प्रतिबन्ध अनुसार उनले अब एमएम कपको एक खेल गुमाउँने छ्न ।

प्रतियोगिताका म्याच रेफ्री समिर खानका अनुसार अम्पायरको निर्णयमा असन्तुष्टी जनाउँदै विवाद गरेपछि केहि शब्द बोलेको र मैदान छोड्न पनि ढिलाई गरेको हुँदा आईसीसीको आचारसहिंता २.८ को अनुसार उनलाई कारबाही गरिएको बताएका छ्न ।

सन्दिप एमएमसीसीविरुद्द टिमका कप्तान सरोज बस्नेतले बलमा १२ रनमा एलबी डब्लूमार्फत आउट हुन पुगेका थिए ।

यता एपीएफले भने एमएमसीसीलाई ८३ रनले पराजित गर्न सफल भएको थियो

प्रतिक्रिया दिनुहोस्