onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कप को फाईनल आज : भिडदै छ्न दुई बिभागिय टोलि

जेठ २८ , अनलाईन खेलखबर || राजधानी मा जारी नेपालको सबैभन्दा ठूलो एकदिवसीय क्रीकेट प्रतियोगिता प्रधानमन्त्री कप को आज फाईनल दिन रहेको छ । खेल अबको केही बेर पछि त्रिवि क्रीकेट मैदान कीर्तिपुर मा हुनेछ ।

फाईनल खेल आईतवार हुने तय भएको भए पनि अन्तिम मा प्राबिधिक कारण देखाई आयोजक ले आज सोमबार सारेको थियो ।

राष्ट्रिय खेलाडी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी क्लब र राष्ट्रिय टोलीका अर्का महत्त्वपूर्ण एक खेलाडी बलर वसन्त रेग्मी नेतृत्वको एपिएफबीच फाइनल हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को अयाोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा भइरहेको उक्त प्रतियोगितामा आर्मी क्लब अपराजित टोली हो । प्रतियोगितामा एपिएफले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ । एपिएफको बलिङ आर्मीको तुलनामा प्रभावकारी बन्न सकेको छैन । यसअघि समूह चरणमा आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो ।

करिब १ करोड ८० लाख जतिको लागत मा गरिएको प्रतियोगिता मा बिजेता टोलि ले २० लाख नगद सहित ट्र्फी पाउने छ्न भने उपबिजेता टोलि ले नगद १० लाख पाउने छ । यस्तै म्यान अफ द सिरिज ले १ लाख र उत्कृष्ट ब्याट्सम्यान र बलर ले जनही ५०/५० हजार पाउने छ्न ।


प्रतियोगिता मा ७ प्रदशिय टिम र ३ विभागीय टिम त्रिभुवन आर्मि कल्ब , नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी क्लब गरि कुल १० टिमको सहभागिता रहेको थियो ।

एपीएफ टोलि : वसन्त रेग्मी (कप्तान ) , सुवाश खकुरेल , करन केसि , पृथ्यु बास्कोटा , रोहित कुमार पौडेल , अनिल शाह , भुवन कार्की , प्रदिप एरि , सन्दिप जोरा , अमर सिह रौटेला , पवन सराफ , योगमान कुमाल , कमल सिंह एरि , आशिफ शेख

आर्मी टोलि : बिनोद भन्डारी ( कप्तान ) , सागर पुन , अनिल मन्डल , नरेश बुढाएर , राजु रिजाल , भिम सार्की , राजेश पुलामी मगर , सोमपाल कामी , बिक्रम सोब , सुशन भारी , शाहव आलम , चन्द्र साउद , जितेन्द्र मुखिया

प्रतिक्रिया दिनुहोस्