onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

वीरगन्ज प्रिमियर लिगको मिति फेरी सर्यो : अब माघमा हुने

काठमाडौं (अनलाइन खेलखबर )|पर्साको वीरगन्जमा हुने टि – ट्वान्टी क्रिकेट प्रतियोगिता वीरगन्ज प्रिमियर लिग (विपिएल) को मिति पुन: सरेको छ ।

योसँगै प्रतियोगिताको मिति दोस्रो पटक परिवर्तन गरिएको छ । यसअघि निर्धारण गरिएको मितिमा दक्षिण एसियायी खेलकुद ( साग ) र पोखरा प्रिमियर लिग ( पिपिएल ) परेपछि प्रतियोगिता स्थगन गरिएको थियो ।

र प्रतियोगिता पुस १४ गतेबाट गरिने बताएपनि यस बीचमा फेरि अर्को राष्ट्रिय प्रतियोगिता मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिता ( एमएम कप ) भएपछि आयोजक युनाइटेड क्रिकेट क्लब प्रतियोगिताको मिति दोस्रो पटक सार्न बाध्य भएको छ ।

अब प्रतियोगिता माघ ४ गतेबाट सुरु हुनेछ र अबको केहि दिन भित्र प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिने आयोजकले अनलाइन खेलखबरलाई जानकारी गराएको छ ।

पर्सा जिल्लास्थित विरगन्जको नारायणी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।

जसमा टिमका मार्की खेलाडीका रुपमा सिंह ११ लायन्समा नेपाली राष्ट्रिय क्रिकेट टिमबाट लामो समय खेलिसकेका किर्तिमानी खेलाडी मेहबुब आलम रहेका छ्न ।

यस्तै विरगन्ज स्टारको मार्की खेलाडीमा नेपाली अबुभवी राष्ट्रिय खेलाडी हसिम अन्सारी रहेका छ्न भने डीसीसी स्टारको युवा खेलाडी रासिद खानले मार्की खेलाडीको रुपमा रहेका छ्न ।

भने ड्रार्गन साहिब दरबारको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका अनिल कुमार शाह तथा रौतहट राइनोजको राष्ट्रिय टिमबाट खेलिसकेका जितेन्द्र मुखिया र केआईइसी वीरगन्जको मार्की खेलाडीको रुपमा सुरज पटेल रहेका छ्न ।

प्रतियोगिताको विजेताले नगद २ लाख ५० हजार तथा उप -विजेता हुने टोलीले १ लाख ८० हजार नगद प्राप्त गर्नेछ ।

भने प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १०/१० हजार प्राप्त गर्नेछ्न ।

प्रतिक्रिया दिनुहोस्