onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

च्यासलमाथि जावलाखेलको सानदार जित

काठमाडौं ( अनलाइन खेलखबर ) | सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्न सफल भएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासलमाथि जित हासिल गर्ने क्रममा २-० ले पराजित गर्न सफल भयो ।

खेलमा जावलाखेलले अन्तिम समयतिर २ गोल लगातार गरेको थियो । पहिलो गोल खेलको ८० औं मिनेटमा गरेको जावलाखेलले दोस्रो गोल पहिलो गोलको २ मिनेट पछि गरेपछि च्यासल समग्रमा २-० ले निराश हुन पुग्यो ।

टिमको लागि पहिलो गोल रुप बहादुर लामाले गरेका थिए । भने टिमका लागि दोस्रो गोल विजय घलानले गरेका थिए ।

यो जितसँगै अपराजित रहेको जावलाखेल ४ खेलबाट ८ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित हुन पुगेको च्यासल ४ अंकका साथ आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्