onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भलिबल

न्यु डायमन्ड कप महिला भलिबल पुस २३ बाट सुरु हुने

काठमाडौं ( अनलाइन खेलखबर ) | तेस्रो संस्करणको न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ गते देखि सुरु हुने भएको छ ।

न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा हुँदै आएको यस प्रतियोगितमा यस पटक ६ देखि ८ टिमको सहभागिता रहने बताईएको छ ।

प्रतियोगिता अघि आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबकी अध्यक्ष सुनकेशरी मालीले प्रतियोगितालाई यसपटक पनि होङगान्जी बौद्ध समाजले मुख्य प्रायोजन गर्ने भएको जानकारी गराएका थिईन ।

अघिल्लो संस्करणलाई पनि होङगान्जी नै प्रतियोगिताको मुख्य प्रायोजक थियो जसमा प्रायोजन गरेवाफत ५ लाख प्रदान गरेको थियो भने यसपटक प्रायोजन गरेवाफत होङगान्जीले १५ लाख प्रदान गर्ने बताईएको छ ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले ४ लाख १ सय १ रुपैयाँ, उप -विजेताले ३ लाख १ सय १ रुपैयाँ, तेश्रोले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथोले ५१ हजार १ सय १ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार १ सय १ रुपैयाँ प्रदान गरिने छ । व्यक्तिगत विधाको उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकलाई जनही ७ हजार १ सय १ रुपैयाँ नगदबाट पुरस्कृत गरिने आयोजकले जानकारी गराएको छ ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २६ लाख रुपैयाँ खर्च हुने छ । चारदिने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुने छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *