onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी जनाउँन नेपाली टोली आईतबार कतार जाने

काठमाडौं ( अनलाइन खेलखबर ) | नोभेम्बर ३ देखि १४ तारिखसम्म कतारको दोहामा हुन गईरहेको १४ औं एसियाली सुटिङ च्याम्पियनसिपमा सहभागी जनाउन नेपालको तर्फबाट दुई खेलाडी आईतबार त्यसतर्फ प्रस्थान गरेका छ्न ।

प्रतियोगितामा सहभागी जनाउनु अघि शनिबार राष्ट्रिय खेलकुद परिषद ( राखेप ) ले एक कार्यक्रमकाबिच २ खेलाडी र एक प्रशिक्षकलाई बिदाई गरिएको थियो ।

प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन ।

खेलाडीहरुमा सुस्मिता नेपाल र कल्पना परियार छन ।

दुवै मंसिर १५ गतेबाट नेपालमा हुन गईरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि छनोट भएका खेलाडी हुन ।

प्रतिक्रिया दिनुहोस्