onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट विश्वकप क्रिकेट विशेष

विश्वकप फाइनल : न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने

असार २९ , अनलाईन खेलखबर ।। १२ औँ सस्करणको आईसीसी एकदिवसिय विश्वकपको उपाधिका लागि अहिले आयोजक ईङल्याण्ड र न्युजिल्यान्ड भिडदै छ्न ।

लण्डनस्थित लर्डस क्रीकेट मैदानमा भखरै भएको ट्समा न्युजिल्यान्डले ट्स जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा साबिकको विजेता समेत रहेको अष्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै ईङल्याण्डले फाइनलमा न्युजिल्यान्डसगँको भेट पक्का गरेको हो । न्युजिल्याण्डले भने भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

यसले गर्दा यसपटक विश्वले नयाँ विश्व च्याम्पियन पाउँने पक्का भएको छ । न्युजिल्यान्ड र ईङल्याण्डले अहिले सम्म उपाधी उचाल्न सकेका छैनन । जसले उपाधि उचाल्ने छ त्यसले नयाँ ईतिहास रच्नेछ ।

यो ईङल्याण्डको फाइनल प्रबेश चौथो पटक हो । यसअघि ईङल्याण्ड सन १९७९ , १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर फाइनल पुग्न ईङल्याण्डलाई २७ बर्ष कुर्नु पर्यो ।

भने न्युजिल्यान्ड अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । त्यसबेला पहिलो पटक फाइनल खेलेको न्युजिल्यान्ड अष्ट्रेलिया सँग निराश हुन पुगेको थियो ।

क्रीकेटको जम्मदाता समेत रहेको ईङल्याण्डलाई यसपटक ईतिहास बनाउँने सुनौलो अबवर रहेको छ । टिम पनि उच्च लयमा पनि देखिएको छ ।

लिग चरणमा भेट हुँदा ईङल्याण्डले न्युजिल्यान्ड माथि ठूलो अन्तरले जित हासिल गर्ने क्रममा ११९ रनले पराजित गरेको थियो ।

घरेलु दर्शकको पुर्ण साथ रहने फाइनलमा ईङल्याण्डलाई न्युजिल्यान्डले भने कडा चुनौती पक्कै दिनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *