onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट विश्वकप क्रिकेट विशेष

फाइनल पुग्ने दाउमा भारत र न्युजिल्याण्ड

असार २४ , अनलाईन खेलखबर ।। ईङल्याण्डमा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी म्यानचेष्टरमा स्थित ओल्ड ट्राफोर्डमा मैदानमा हुने खेलमा भारत र न्युजिल्याण्ड आमने -सामने हुनेछन ।

कुल १० टिमको सहभागिता रहेको विश्वकपमा लिग चरणमा एक अर्कासँग १/१ खेल खेल्दै ९ खेलबाट भारत १५ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको हुदाँ भारत उच्च मनोबलमा देखिन्छ ।

भने लिग चरणबाट ११ अंकसहित न्युजिल्याण्ड चौथो स्थानमा रहँदै सेमिफाइनल पक्का गरेको टिम हो । पाकिस्तानसँग समान ११ अंक भएपनि नेट रनरेटमा पछि पार्दै न्युजिल्याण्डले सेमिफाइनल पक्का गर्न सफल भएको थियो ।

तुलनात्मक रुपमा दुवै टिम ससक्त देखिएका छन । फाइनल पुग्ने लक्ष्य सहित दुवै टिम मैदान उत्रिनेछन । यता लिग चरणमा यी दुई टिमको खेल हुँन सकेको थिएन । बर्षाले गर्दा खेल रद्द हुँदा दुवै टिमले १/१ अंक बाडेका थिए ।

यस्तोमा आज हुने खेल कस्तो रहला अहिलेनै आकंलन गर्न गाह्रो छ । तर लिग चरणमा गरेको प्रदशनको आधारमा भन्ने हो भने भारत केहि हावी हुन् सक्ने आधारहरु छन । तर न्युजिल्याण्ड पनि उतिक्कै टक्कर दिन तयार भएर बसेको छ । खेल उत्कृष्ट हुने अपेक्षा चाहिँ गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *