onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

सेमिफाइनलमा नेपालले मलेसियासँग भिड्ने

असार २१ , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्ने भएको छ ।

सनिवार भएको समुहको अन्तिम खेलमा हंगकंगले मलेसियालाई रोमाञ्चक खेलमा ३ रनले पराजित गरेसगै सेमिफाईनल समिकरण पूरा भएको हो ।

समुह ‘ ए ‘ बाट नेपाल समुह विजेता र सिगापुर उप -विजेता बन्दै सेमिफाईनल प्रवेश गर्दा समुह ‘बी ” बाट हंगकंग समुह विजेता र मलेसिया समुहको उप -विजेता बन्दै सेमिफ़ाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताको एक मात्र दाबेदार नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिगापुरलाई २ सय १७ रनले निराश बनाएको छ ।

अब नेपालले सेमिफाइनलमा २३ गते समुह ‘बि’ को उप -विजेता मलेसियासँग प्रतिष्पर्दा गर्नेछ । भने सिगापुरले समुह ‘बि ‘ को विजेता हंङ्गकंङ्ग सँग प्रतिष्पर्दा गर्नेछ ।

कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *