onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फोटो ग्यालेरी

हेर्नुहोस ! नेपालको शानदार जित २५ फोटोमा

असार २० , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गर्ने क्रममा आज नेपालले सिगांपुरलाई २ सय १७ रनले पराजित गरेको छ ।

पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपालले यो खेलसँगै समुह ‘ए ” का दुवै खेल शानदार तरिकाले आफ्नो पक्षमा पार्दै समुह विजेता बन्दै नेपाल सेमीफाइनल प्रवेश गरेको छ । भने पराजित सिगापुर पनि सेमिफाईनल पुगेको छ ।

यसअघिनै पहिलो खेल जित्दै सेमिफाईनल पुगेका यी दुई टिमको आजको खेलले समुहको विजेता र उप-विजेता निर्धारण गर्ने थियो जसमा नेपालले शानदार रुपमा बाजी मार्यो ।

अब नेपालले सेमिफाइनलमा २३ गते समुह ‘बि’ को उप -विजेतासँग प्रतिष्पर्दा गर्नेछ । भने सिगापुरले समुह ‘बि ‘ को विजेतासँग प्रतिष्पर्दा गर्नेछ ।

आजको खेलमा नेपालले प्रस्तुत गरेको ३ सय २७ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ् गरेको सिगापुर ३९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९ रनमा सिमित हुन् पुगेपछि टिम ठुलो अन्तरले पराजित हुन् पुग्यो ।

खेलमा नेपालका शतकीय पारी खेलेका रित गौतम प्लेयर अफ द म्याच घोषित भए ।

अब हेर्नुहोस नेपालको शानदार जित फोटोमा फोटो ( एसीसी )

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *