onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल पुग्यो कोपा अमेरिकाको फाइनलमा

असार १८ , अनलाईन खेलखबर ।। ब्राजिलमा जारी ४६ औँ सस्करणको कोपा अमेरिकामा आयोजक ब्राजिल प्रतियोगिताको फाइनल प्रबेश गरेको छ ।

आज बुधवार भएको पहिलो सेमीफाइनल खेलमा अर्जेन्टिनालाई २-० ले पराजित गर्दै ब्राजिलले फाइनल प्रबेश हो ।

खेलमा ब्राजिलले १९ औं मिनेटमै अग्रता लिएको थियो । टिमलाई अग्रता दिने क्रममा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गरेका थिए ।

पहिलो हाफ १-० को अन्तरमा सकिएको खेलमा ब्राजिलले दोस्रो हाफमा पनि १ गोल गरेपछि अर्जेन्टिना निराश हुन् पुगेको थियो । रोबर्टो फिर्मिनोले खेलको ७१ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए ।

दोस्रो हाफमा केहि आकम्रकका प्रयास गरेपनि अर्जेन्टिना सफल हुन् भने सकेन ।

अब ब्राजिलले फाइनलमा चिली र पेरुबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिष्पर्दा गर्नेछ । खेल आउँदो सोमबार बिहान पौने २ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *