onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फोटो ग्यालेरी

बजाज पल्सर स्पोर्ट्स अवार्ड भव्यताका साथ सम्पन्न : प्याराग्लाइडिङलाई धेरै अवार्ड (फोटोफिचर सहित )

असार १७ , अनलाईन खेलखबर ।। नेपाली खेलकुदकै सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा आफुलाई स्थापित गरेको बजाज पल्सर स्पोर्ट्स अवार्डको १६ औँ सस्करण मङ्गलबार काठमाण्डौमा भव्यताका साथ सम्पन्न भएको छ ।

काठमाडौं कमलादिस्थित प्रज्ञा भवनमा दिउँसो करिव पौने ३ बजेपछी सुरु भएको पल्सर स्पोर्ट्स अवार्डमा यसपटक कुल १० विधामा अवार्ड प्रदान गरिएको थियो ।

जसअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी पुरुषमा प्याराग्लाइडिङका युकेश गुरुङ घोषित भए ।उनले क्रिकेटका सोमपाल कामि र पारस खड्का , गल्फका शुक्रराज राई र जुडोका ईन्द्रबहादुर श्रेष्ठलाई पछि पार्दै उक्त अवार्ड प्राप्त गर्न सफल भए । युकेशले इन्डोनेसियामा भएको एसियाली खेलुकदमा नेपाललाई ऐतिहासिक रजत पदक जिताउने क्रममा उनले महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए ।

यस्तै वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ सावित्रा भण्डारीले अवार्ड प्राप्त गरिन । उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ र तेक्वान्दोकी निमा गुरुङलाई पछि पार्दै सो अवार्ड प्राप्त गरेकी हुँन । सावित्रा नेपाली महिला फुटवलमा निकै राम्रो प्रर्दशन गर्ने खेलाडीको रुपमा आफुलाई स्थापित गरिरहेकी छिन ।

यता एथ्लेटिक्सका अजितकुमार यादव युवा वर्ष खेलाडी घोषित भए । ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठलाई पछि पार्दै युवा वर्ष खेलाडी घोषित भएका हुँन ।

वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट, फुटबलका हरी खड्कालाई पछि पार्दै प्याराग्लाईडिङका योगश भट्टराईले प्रशिक्षकको अवार्ड प्राप्त गरे ।

भने भलिवलकी रेश्मा भण्डारीले पिपल्स च्वाइसको अवार्ड प्राप्त गरिन । एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजकका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन गरिएको यो विधामा रेश्माले बाजी मारिन । फुटबलकी सावित्रा भण्डारी ,शारीरिक सुगठनकार महेश्वर महर्जन , क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाललाई पछि पार्दै उक्त अवार्ड प्राप्त गरिन ।

भोटिङमा रेश्माले कुल मतको ३२ प्रतिशत मत प्राप्त गर्दा दोस्रो स्थानकी सावित्राले २९ प्रतिशत प्राप्त गरेकी थिइन् ।

यस्तै महान एथलेटिक खेलाडी तथा प्रशिक्षक हरिबहादुर रोकायालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो भने पारा एथलिटतर्फबाट दृष्ट्रिबिहिन क्रिकेटर मनकेसी चौधरीले अवार्ड प्राप्त गरिन । यस्तै स्पेशल अवार्ड फुटबलर रोहित चन्दले प्राप्त गरे ।

यता गत वर्ष इन्डोनेसियामा भएको एसियाली खेलुकदमा रजत पदक जित्दै एतिहासिक जित हासिल गरेको प्याराग्लाइडिङ टिमलाई वर्षको टिम अफ दि इयर घोषित गरियो ।

यसपटकबाट थपिएको नयाँ अवार्ड इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड बाट पाकिस्तानी बरिष्ठ खेल पत्रकार अम्जद अजिज मलिक सम्मानित हुँन पुगेका छन ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षकले पल्सर मोटरसाइकल पार्दा अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।

अब अवार्ड समारोहका थप फोटो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *