onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट विश्वकप क्रिकेट विशेष

अष्टेलिया विश्वकपको सेमीफाईनल नजिक

असार ६ , अनलाईन खेलखबर ।। साविकको विजेता समेत रहेको अष्टेलिया ईङ्गल्याण्ड र वेल्समा जारी १२ औँ सस्करणको सेमिफाईनल नजिक पुगेको छ । आफ्नो छठौ खेलमा बिहिवार बंङ्गलादेशलाई ४८ रनले पराजित गरे सगैं अष्टेलिया सेमिफाईनल नजिक पुगेको हो ।

अष्टेलियाले बंगलादेशलाई हराए सगैं ६ खेलवाट ५ खेलमा जित र १ मा हार व्यहोर्दै १० अंकसहित अंकतालिकाको पहिलो स्थानमा उक्लिएको छ । अब अष्टेलियाले आयोजक ईङ्गल्याण्ड ,न्युजिल्याण्ड र दक्षीण अफ्रिका सँग खेल्न बाकि रहेको छ यस्तोमा अष्टेलियाले अबको बाकि सबै खेलमा जित हासिल गर्ने प्रयास गर्नेछ । सेमिफाइनल पुग्नका लागि आफ्नो तर्फवाट एक खेल जितेमा पनि प्रयाप्त भने हुन्छ ।

गएराती भएको खेलमा अष्टेलियाले प्रस्तुत गरेको ३ सय ८२ रनको बिशाल विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको बंङ्गलादेशले सन्तोषजनक प्रदशन गर्ने क्रममा निर्धारित ५० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा ३ सय ३३ रन बनाएको थियो ।

जुन बंगलादेशको अष्टेलिया बिरुद्दको प्रदशन राम्रो मान्न सकिन्छ । बलियो माथि यो स्तरको खेल देखाउनु आफैमा तारिफयोग्य नै हो । बंगलादेशलाई सम्मानजनक स्थिति सम्म पुर्याउन मुश्फिकुर रहीमले ठुलो योगदान गरे । अविजित रहदै उनले सतकीय पारी खेल्ने क्रममा ९७ बलमा ९ चौकाको साथमा १०२ रन बनाए ।

यस्तै बंगलादेशका तमिम ईकवालले ६२ तथा सकिव अल हसनले ४१ रनको योगदान गरे । यी दुई ब्याट्सम्यानका लागि दोस्रो विकेटका लागि ७९ रनको साझेदारी हुन् पुगेको थियो । र महमुदुल्लाले पनि ६९ रनको पारी खेलेका थिए ।

बलिङ्ग तर्फ अष्टेलियाका नाथन कुल्टर नाइल,मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २/२ विकेट लिए । यस्तै एडम जम्पाले पनि १ विकेट हात पारे ।

त्यसअघि ट्रेंट ब्रिज, नॉटिंघममा भएको खेलमा टस जितेर अष्टेलियाले ब्याटिंङ्ग गर्दै निर्धारित ५० ओवर पुरै खेल्दै ५ विकेट गुमाएर ३ सय ८१ रनको ठुलो योगफल खडा गरेको थियो ।

राम्रो सुरुवात गर्ने क्रममा अष्टेलियाले १२१ रनको ओपनिङ्ग साझेदारी पाएको थियो । टिमका कप्तान आरोन फिन्च र डेविट वार्नरले टिमलाई राम्रो सुरुवात दिलाएका थिए । २०.५ ओवरमा टिमले पहिलो विकेट रुपमा फिन्चलाई व्यक्तिगत ५३ रनमा गुमाएको थियो ।

सौम्या सरकारको बलमा क्याच आउट भएका उनले ५ चौका र २ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए । हाल सम्म विश्वकपमा ५ खेल खेलिसकेका उनले ३ सय ४३ रन बनाईसकेका छन र उनी विश्वकपको सर्बाधिक धेरै रन बनाउने खेलाडीको सुचिमा आफुलाई दौडाईरहेका छन ।

यसपछि टिमले ईनिङ्गको दोस्रो ठुलो साझेदारी पायो । वार्नर र उस्मान ख्वाजाले दोस्रो विकेटका लागि १९२ रनको साझेदारी गरेपछि टिमले ठुलो योगफल बनायो । दोस्रो विकेटका लागि पभेलियन फर्किएका वार्नरले जारी विश्वकपमा दोस्रो तथा समग्र एकदिवसियमा १६ औँ सतक प्रहार गर्ने क्रममा १६६ रनको शानदार पारी खेले ।

सौम्या सरकारको बलमा क्याच आउट भएका उनले १४७ बलको सामना गर्दै १४ चौका र ५ छक्काको मद्दतमा उक्त रन खड़ा गर्न सफल भएका हुन् ।

यस्तै टिमका उस्मान ख्वाजा ले पनि ८९ रनको योगदान गरे । उनलाई पनि सौम्या सरकारले पभेलियनको बाटो देखाई दिएका थिए ।

बलिङ्गमा बंङ्गलादेशका सौम्या सरकारले सर्बाधिक ३ विकेट लिए भने मुस्तफीजुर रहमानले १ विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *