onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

क्रिकेट

ग्लोबल टि -ट्वान्टीमा सन्दिप ठुलो रकममा दोस्रो पटक अनुबन्धित

असार ६ , अनलाईन खेलखबर ।। नेपालका युवा क्रिकेटर सन्दिप लामिछाने क्यानडाको सबैभन्दा प्रतिष्ठित क्रिकेट प्रतियोगिता ग्लोबल टि -ट्वान्टी लिगमा दोस्रो पटक अनुबन्धित भएका छन ।

एक सिजन विश्व क्रिकेटका सबै ठुला र चर्चित क्रिकेट लिग खेलीसकेका सन्दिप यस सिजनमा वेस्ट ईन्डिजको क्रीकेट लिग क्यारेबियन प्रिमियर लिग (सिपिएल)को यस सस्करणमा उनि रकममा अनुबन्धित भईसकेका छन ।

सिपिएलमा बारबाडोस ट्रिडेंट्समा अनुबन्धितका सन्दिपले अनुबन्धित भए वाफत् उनले ७० हजार अमेरिकन डलर प्राप्त गर्नेछन ।

यस्तै सिजनको दोस्रो छनोटमा सन्दिप यसपटक पनि ग्लोबल टि -ट्वान्टीमा ठुलो रकममा टिममा अनुबन्धित भएका छन । उनलाई यसपटक ग्लोबल टी – ट्वान्टीको टोरोन्टो नेशनले ६० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको छ ।

उनको टिममा ब्रेंडन मैकुलम, ट्रेन बोल्ट .क्रिस ग्रीन, चिराग सुरी लगायत भारतका चर्चित खेलाडी युवराज सिह समेत रहेका छन् । यसअघि उनि अघिल्लो सस्करणमा मोन्ट्रेल टाइगर्सबाट ५ खेल खेल्दै ८ विकेट लिएका थिए । उनलाई त्यस बेला पनि ठुलो रकममा अनुबन्धित गरेको थियो उनले ४० हजार अमेरिकी डलर प्राप्त गरेका थिए ।

यस्तै उनि सगै नेपाली राष्टिय क्रिकेटका महत्वपुर्ण सदस्य युवा खेलाडी सोमपाल कामि पहिलो पटक ठुलो विदेशी लिगमा अनुबन्धित भएका छन ।

सोमापाललाई ग्लोबल टि – ट्वान्टीका लागी विनिपेग हक्सले करिव ३ हजार अमेरिकन डलरमा ड्राफ्टमार्फत छनोट गरेको हो । बिहिवार भएको ड्राफ्टमा उनको सो रकम न्युनतम समेत रहको थियो ।

अब उनि अन्तराष्टिय चर्चित अनुहार सगैं खेल्ने अबसर र अनुभव प्राप्त गर्ने मौका पाउने छन । उनको टिम विनिपेग हक्स क्रिस लिन , ब्राब्रो , जेपी डुमिनी , उमर अकमल , नाजीबुल्ला जार्दन , रमिज शाहजाद जस्ता खेलाडिहरु रहेका छन ।

प्रतियोगिताको यो सस्करण यहि आउदो २५ जुलाईदेखि ११ अगस्टसम्म क्यानाडामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *