onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

मेसीले गोल गरेपछि अर्जेन्टिना हारबाट जोगियो ! क्वाटरफाईनल समिकरण अझै जिवितै

असार ५ , अनलाईन खेलखबर ।। ब्राजिलमा जारी ४६ औं कोपा अमेरिका फुटबल प्रतियोगितामा चर्चित टिम अर्जेन्टिना दोस्रो हार वाट जोगिएको छ

विहिवार विहान भएको समूह चरणको दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनालाई १-१ को बराबरीमा रोकेको छ ।

खेलको पहिलो हाफको ३७ औँ मिनेट पाराग्वेका रिचर्ड सेंचेजले पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले पछि परेको अबस्थामा लियोनेल मेसीले खेलको ५७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै बराबरिमा ल्याएका थिए ।

यसपछि खेलको ६२ औँ मिनेटमा पाराग्बेले एउटा सुनौलो मौका गुमायो । पाराग्बे पेनाल्टीमा चुकेको थियो ।

यो बराबरी सँगै अर्जेन्टिना अहिले अंकतालिकाको पुछारमा रहेको छ । यस अघि पहिलो खेलमा अर्जेन्टिना कोलम्बिया सँग २-० ले पराजित भएको थियो र अहिले २ खेलवाट मात्र १ अंक अर्जेन्टिनाको रहेको छ । यस्तोमा अर्जेन्टिना अब प्रतियोगिताको क्वाटर फाईनल पुग्न आउदो सोमवार मध्यरातमा हुने आफ्नो अन्तिम खेलमा कतारलाई राम्रो सँग पराजित गर्नुपर्नेछ ।

साथै सोहि समुहको सोहि समयमा हुने पाराग्बे र कोलम्बिया बिचको खेलले अर्जेन्टिनाको भाग्य निर्धारण गर्नेछ । अहिले कोलम्बिया २ खेल जित्दै ६ अंकसहित समुहको पहिलो स्थानमा रहेको छ भने पाराग्वे २ खेलमा बराबरी खेल्दै २ अंक सहित दोस्रो स्थानमा छ ।

यो अबस्थामा पाराग्बे र कोलम्बियाको खेल बराबरी रोकिएमा अर्जेन्टिनाको यात्रा सकिने छ तर कोलम्बियाले जित हासिल गरेमा र अर्जेन्टिनाले कतारलाई राम्रो तरिकाले पराजित गरेको खण्डमा अर्जेन्टिना दोस्रो चरणमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *