onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकीयो !

असार ४ , अनलाईन खेलखबर ।। ब्राजिलमा जारी कोपा अमेरिका फुटवल प्रतियोगितामा आयोजक ब्राजिलले समुह चरणको आफ्नो दोस्रो खेलमा भेनेजुएला सँग बराबरी खेलेको छ ।

बुधवार बिहान एरिना फोंटे नोवामा भएको खेलमा प्रतियोगिताको दाबेदार मध्यको एक ब्राजिल भेनेजुएला सँग बराबरीमा रोकिएपछि ब्राजिल अहिले चर्चाको केन्द्रमा रहेको छ ।

यसअघि पहिलो खेलमा बोलीवियालाई ३-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको ब्राजिल आज भने निराश हुन् पुग्यो ।

६९ प्रतिशत बल पोजिशन राख्दै बराबार आक्रमण गरेको भएपनि टिमले जित हासिल गर्न भने सकेन , दुभाग्य पूर्व ब्राजिलले ३ गोल पोस्टमा प्रवेश गराए पनि त्यो मान्य हुन् सकेन ।

यो बराबरी सगै समुह “ए ” मा रहेको ब्राजील अंकतालिकामा ४ अंकसहित पहिलो स्थानमा रहेको छ । अब ब्राजिलले समुहको अन्तिम खेल मा पेरुको सामना गर्नेछ । यो खेलले समुहको विजेताको निर्धारण गर्नेछ । खेल आउदो आईतबार हुनेछ ।

कुल १२ राष्टको सहभागिता यस प्रतियोगिता कोपाको ४६ औँ सस्करण हो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *