onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

फुटबल

पहिले खेलमै अर्जेन्टिना पराजित

असार १ ,अनलाईन खेलखबर ।। ब्राजिलमा जारी ४६ औं कोपा अमेरिका फुटबल प्रतियोगितामा प्रतियोगिताको दाबेदार अर्जेन्टिना पहिलो खेलमै पराजित हुन् पुगेको छ ।

आईतबार विहान भएको खेलमा अर्जेन्टिना कोलोम्बिया सँग २-० ले पराजित हुन् पुगेको थियो ।

समूह ‘बि ‘ मा रहेका यी दुई टिम बिचको खेलमा पहिलो हाफ बराबरीमा सकिएको भएपनि दोस्रो हाफमा कोलोम्बियाले राम्रो कमब्याक गर्दै २ गोल गर्न सफल भएको थियो । पहिलो हाफ दुवै टिमले औशत प्रदशन गरेको भएपनि दोस्रो हाफमा कोलंबिया हाबी हुदै उक्त गोल गरेको थियो ।

खेलको ७१ औं मिनेटमा कोलोम्बियाका रोजर मार्टिनेजले गोल गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए । यसपछि खेलको अन्त्यतिर ८६ औं मिनेटमा कोलोम्बियाले थप एक गोल गर्यो । उक्त गोल दुवान जपताले गरेका थिए ।

र बाकी समयमा कुनै टिमवाट गोल हुन् सकेन र अजेण्टिना पहिलो खेलमै निराश हुन् पुग्यो ।

कुल १२ राष्टको सहभागिता रहेको यस प्रतियोगितामा अर्जेन्टिना समूह ‘बि ” मा रहेको छ जसमा कतार, पाराग्वे र कोलोम्बिया रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *