onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

विश्वकपमा भारतको लगातार दोस्रो जित : बलियो अष्ट्रेलिया पराजित

जेठ २६ , अनलाईन खेलखबर || ईङल्याण्ड र वेल्समा जारी १२ औं सस्करणको आईसीसी एकदिवसिय विश्वकपमा ५ पटकको विश्व विजेता अष्ट्रेलिया २ पटकको विश्वविजेता भारत सगँ ३६ रनले पराजित भएको छ ।

आईतबार राती सम्पन्न खेलमा भारतले दिएको ३ सय ५३रनको ठूलो विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओवर पुरै खेक्दै सबै विकेट गुमाएर ३ सय १६ रनमा सिमित हुन पुगेपछी विश्वकपको दाबेदार अष्ट्रेलिया भारत सगँ पराजित हुन पुगेको छ ।

ठूलो लक्ष्य पछ्याउदै अष्ट्रेलियाले सुरुवात मध्यम गरेको थियो ।१३.१ ओवरमा आफ्नो पहिलो विकेट गुमाएको अष्ट्रेलियाले टिमको स्कोर ६१ रन हुँदा आरोन फिन्चलाई ब्यक्तिगत ३६ रनमा गुमाएको थियो ।

यसपछि टिमले दोस्रो विकेटका रुपमा स्मिथ र डेविट वार्नर विच ७२ रनको साझेदारी हुन पुगेको थियो । वार्नरले अर्धसतकिय पारी खेल्ने क्रममा ५६ रनको योगदान गरे ।

८४ रनको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन जोडेका थिए । यसपछि उस्मान ख्वाजाले ४२ रन जोडे ।

यस्तै स्मिथले ७९ बलको सामना गर्दै ५ चौका र १ छ्क्काको मद्दतमा ६९ रनको पारी खेल्न सफल भए । ग्लेन म्याक्सबेलले पनि २८ रन बनाए ।

अत्यमा एलेक्स कैरिले अर्धसतकिय पारी खेल्दै जित नजिक पुर्याएपनि त्यो सम्भव हुन सकेन । उनले अबिजित रहदै ५५ बनाए ।

बलिङमा भारतका जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान ३/३ विकेत हात पारे भने युजभेन्द्र चहलले २ विकेट लिए ।

त्यसअघि ट्स जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर रोहित शर्मा र शिखर धवनको उत्कृष्ट पारीको मद्दतले निर्धारित ५० ओवर पुरै खेक्दै ५ विकेटको क्षतिमा ३ सय ५२ रनको ठूलो लक्ष्य प्रस्तुत गरेको थियो ।

ठूलो योगफल खडा गर्ने क्रममा भारतले सुरुवात बाटै राम्रो प्रदशन गरेको थियो ।

जसमा ओपनर ब्याट्सम्यानद्रय रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि १२७ रनको ओपनिङ साझेदारी गरेका थिए ।

टिमले पहिलो विकेटका रुपमा रोहित शर्मालाई ब्यक्तिगत ५७ रनमा गुमाएको थियो । ७० बलको सामना गर्दै ३ चौका र १ छक्काको मद्दतमा उक्त अर्धसतकिय पारी खेलेका उनि २२.३ ओवरमा नाथन कुल्टर नाइलको बलमा एलेक्स क्यारीको हातबाट क्याचआउट गराएका थिए । 

त्यस्तै शिखर धवनले सतकिय पारी खेले । निकै राम्रो ब्याटिङ गरेका उनले १०९ बलमा १६ चौका प्रहार गर्दै १ सय १७ रनको योगदान दिएका थिए ।

दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका उनले टिमका कप्तान बिराट् कोहली सगँ मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

बिराटले पनि राम्रो ब्याटिङ गर्ने क्रममा ८२ रनको पारी खेले । ७७ बलको सामना गरेका उनले ४ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै हार्दिक पाण्डेयले ४८ रन तथा महेन्द्र सिँह धोनीले २७ रनको योगदान गरे । भने केएल राहुल ११ रनमा अविजित रहेका थिए ।

बलिङ तर्फ अष्ट्रेलियाका लागि मर्कुस स्टोनीसले २ विकेट लिए । भने नाथन कुल्टर-नाइल, मिचेल स्टार्क र पाट कुमिन्सले समान १/१ विकेट लिए । 

लगातार दोस्रो जित निकाल्ने क्रममा भारतले अघिल्लो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

भने अष्ट्रेलियाले जारी विश्वकपमा पहिलो हार ब्यहोरेको छ । यसअघिका दुई खेलमा अष्ट्रेलियाले वेस्ट ईन्डिजलाई १५ रन र अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो ।

अब विश्वकप अन्तर्गत सोमबार एक खेल हुनेछ ।जहाँ दक्षिण अफ्रिकाले वेस्ट ईन्डिजको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजेपछी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *