onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

पुलिसले उचाल्यो तेस्रो प्रधानमन्त्री कपको उपाधी

जेठ २५ , अनलाईन खेलखबर || तेस्रो संस्करणको प्रधानमन्त्री कपको उपाधी नेपाल पुलिस क्लबले उचालेको छ ।

फाईल फोटो ।।।

सनिवार भएको फाईनल खेलमा अर्को विभागीय टोलि त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस यस सस्करणको च्याम्पियन बनेको हो ।

खेलमा आर्मीले प्रस्तुत गरेको १ सय २६ रनको झिनो विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको पुलिसको प्रद्शन पनि त्यति संतोषजनक हुन सकेन ।

झिनो लक्ष्य भएतापनि पुलिसलाई जित निकाल्न ४०.३ ओवर सम्म पुग्नुपर्यो ६ विकेटको क्षतिमा ।। पुलिसको जितमा अमित श्रेष्ठले सर्बाधिक ४४ रनको योगदान गरे ।

४० बलको सामाना गरेका उनले ६ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमको जितमा सुनिल धमलाको पनि महत्वपूर्ण पारी रहयो । १२४ बलको सामाना गरेका उनले १ चौकाको मद्दतमा ३७ रनको योगदान गरे ।

यी बाहेक अन्य खेलाडीहरुको भने संतोषजनक प्रद्शन हुन सकेन ।

बलिङ तर्फ आर्मीका करनकेसिले ३ तथा शाह्ब आलमले २ र शुशन भारिले १ विकेट हात पारेका थिए ।

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय क्रीकेट मैदान किर्तिपुरमा ट्स जितेर आर्मीले सुरुमा ब्याटिङ गर्दै खराब प्रदशन गर्दै ३३.३ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय २५ रनमा सिमित हुन पुगेको थियो ।

सुरुवात राम्रो गरेको भएपनि पहिलो विकेटको पतनपछिका खेलाडीहरुवाट ठूलो निराशाजनक प्रद्शन भएपछी टिम कम स्कोरमा रोकिएको थियो ।

ओपनरद्रय सोमपाल कामी र राजु रिजालले टिमका लागि राम्रो सुरुवाती दिने क्रममा ओपनिङ ७२ रनको साझेदारी गरेका थिए ।

खेलको १५ .५ ओवरमा पहिलो विकेटका रुपमा सोमपाल कामीलाई ब्यक्तिगत ३५ रनमा गुमाएको थियो । ४० बलको सामना गरेका उनले ३ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यसपछि भने आर्मीले आफ्नो बिकेट क्रमश लगातार गुमाउदै गयो थप ५३ रन जोड्दा बाकी विकेट आर्मीले गुमाएपछी टिम निकै कम स्कोरमा रोकिन बाध्य बन्यो ।

टिमका लागि राजु रिजालले ३२ रनको योगदान गरे । ६० बलको सामना गरेका उनले ५ चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै रोहित पौडेलले १८ तथा भिम सार्कीले २० रन बनाए ।

बलिङ तर्फ पुलिसका लागि ललित राजबम्शी र पवन सरार्फले समान ४/४ विकेट हात पारे भने सागर ढकालले १ विकेट हात पारे ।

यो जित संगै पुलिसले २० लाख नगद प्राप्त गरेको छ भने उप – बिजेता आर्मिले १० लाखमा चित्त बुझाएको छ ।

राष्टिय खेलकुद परिषद ( राखेप ) को आयोजना तथा नेपालय ईन्टरनेशनलको सहकार्यमा सम्पन्न तेस्रो संस्करणको प्रधानमन्त्री कपमा ३ विभागिय टिम सहित ७ प्रदेश गरि कुल १० टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *