onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

अफगानिस्तान माथी श्रीलंकाको जित

जेठ २२ ,अनलाईन खेलखबर |ईङल्यान्ड र वेल्समा जारी १२ औँ सस्करणको आईसीसी एकदिवसीय विश्वकपमा श्रीलकाले अफगानिस्तानलाई डिएलमेथडमा ३४ रनले पराजित गर्न सफल भएको छ ।

गएराती सम्पन्न बर्षाले प्रभावित भएको खेलमाअफगानिस्तानलाई पराजित विश्वकपमा श्रीलकाले पहिलो जित हासिल गरेको हो ।

खेलमा श्रीलंकाले दिएको १ सय ७८ रनको बिजयी चुनौती पछ्याउदै जवाफी ब्याटिङ गरेको अफगानिस्तानले ३२. ४ ओवरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५२ रनमा सिमीत हुन पुगेपछी खेल श्रीलकाले आफ्नो पक्षमा पार्न सफल  ।

बर्षाले प्रभावित खेललाई पछि खेल छोटाएर ४१ ओवरमा झारिएको थियो । जसअनुसार श्रीलंकाले डीएलमेथड अनुरुप अफगानिस्तानलाई १सय ७८ रनको नयाँ लक्ष्य दिएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले सर्वाधिक ४३ रनको योगदान यस्तै हजरत उल्लाह जजाईले ३० तथा कप्तान गुल्बादिन नाइबले २३ रनको योगदान गरेपनी त्यो जितका लागि प्रयाप्त हुन सकेन ।

बलिङ तर्फ श्रीलंकाका नुवान प्रदीपले सर्बाधिक ४ विकेट लिए । भने लाथिस मालिंगाले ३ विकेट हात पारे ।

यसअघि ट्स जितेर अफगानिस्तानले श्रीलकालाई पहिले ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार श्रीलंकाले ३६.५ ओवरमा अलआउट हुँदै २ सय १ रन बनाउन सफल भएको थियो ।

श्रीलंकाका लागि कुशल परेराले सर्बाधिक ७८ रनको पारी खेले । यस्तै कप्तान दिमुथ करुणारत्नेले ३० तथा लाहिरु थिरिमानेले २५ रनको योगदान गरेका थिए ।

अफगानिस्तानका मोहम्मद नाबीले सर्बाधिक ४ विकेट लिए भने डलट जड्रान र राशिद खानले पनि समान २/२ विकेट हात पारेका थिए ।

जारी विश्वकपमा यो श्रीलकाको २ खेलवाट पहिलो जित हो ।। श्रीलका पहिलो खेलमा न्युजिल्याण्ड सगँ १० विकेटले पराजित भएको थियो ।

यस्तै विश्वकप अन्तर्गत आज दुई खेल हुदैछ्न । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाको

यता पहिलो खेलमा अष्टेलिया सगँ पराजित भएको अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । 

यस्तै विश्वकप अन्तर्गत आज दुई खेल हुदैछ्न । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी सुरु हुनेछ ।

भने दोस्रो खेलमा बङलादेशले न्युजिल्यान्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार साझ सवा ६ बजेपछी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *