onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रीका

विश्वकपमा पाकिस्तानको पहिलो जित

जेठ २१ , अनलाईन खेलखवर || ईङल्यान्ड र वेल्समा जारी १२ औं सस्करणको विश्वकपमा आयोजक राष्ट्र ईङल्यान्ड पाकिस्तान सगँ १४ रनले पराजित गर्न सफल भएको छ ।

गएराती सम्पन्न खेलमा ३ सय ४९ रनको ठूलो लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित ५० ओवर पुरै खेल्दै ९ विकेट गुमाएर ३ सय ३४ रनमा सिमित हुन पुगेपछी खेल पाकिस्तानले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

ईङल्यान्डका लागि रुट र बटलरले सतकिय पारी खेले पनि अन्य ब्याट्सम्यानले उलेख्य योगदान गर्न नसक्दा जित नजिक पुगेर पनि ईङल्यान्ड निराश हुनपुग्यो ।

ईङल्यान्डका रुटले १०४ बलको सामना गर्दै १० चौका र १ छ्क्काको मद्दतमा १०७ रनको पारी खेल्दा जोस बटलरले पनि ७६ बलको सामना गर्दै ९ चौका र २ छ्क्काको मद्धतमा १०३ रनको योगदान गरेका थिए ।

यस्तै टिमका लागि मोईन अलिले पनि २१ रनको योगदान गरेका थिए ।

पाकिस्तानका लागि वहाब रियाजले सर्बाधिक ३ विकेट लिए । यस्तै सादब खान र मोहम्मद आमिरले समान २ विकेट लिए भने मोहम्मद हफिज र सोएब मलिकले पनि १ /१ विकेट लिए ।

त्यसअघि ट्स जितेर ईङल्यान्डले पाकिस्तानलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको थियो । जसअनुसार निर्धारित ५० ओवर पुरै खेल्दै ८ विकेटको क्षतिमा ३ सय ४८ रन बनाएको थियो ।

उसका लागि अनुभवी ब्याट्सम्यान मोहम्मद हफिजले सर्वाधिक ८४ रनको योगदान दिएका थिए । ६२ बलको सामना गरेका उनले ८ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै बाबर आजमले ६३ रनको पार खेलेका थिए । यस्तै ओपनर फरार जमान र इमाम उल हकले १४.१ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

जसमा फखर जमानले ३६ तथा बावर आजमले ६३ रनको योगदान गरेका थिए ।यस्तै सर्फराजले ५५ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले ५ चौकाको मद्धतमा उक्त रन बनाएका थिए ।

ईग्ल्यान्डका लागि मोइन अलि तथा क्रिस वोक्सले समान ३/३ विकेट लिए । मार्क उडको नाममा २ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *